images
images
  • नयाँ भाडादर सार्वजनिक, लामो दूरीको सार्वजनिक यातायातमा भाडा कहाँ जान कति लाग्छ ?

    काठमाडौ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा वृद्धि गरेको नयाँ भाडादर सार्वजनिक गरेको छ । २०७८ असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाउने सहमति भएको थियो ।

    विभागले पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधानमा २६ प्रतिशतले भाडा बढाएको हो । विभागले काठमाडौँदेखि नेपालगञ्जसम्मको नयाँ भाडादर १ हजार २८६ रुपैयाँ कायम गरेको छ । काठमाडौदेखि पोखराको लागि १ सय ९ रुपैयाँ भाडा बढाएको छ । विभागले साविकको भाडा ४ सय २८ रुपैयाँबाट ५ सय ३७ रुपैयाँ कायम गरेको हो ।

    यस्तै, विभागले काठमाडौँदेखि भद्रपुरका लागि १ हजार १७२ रुपैयाँबाट १ हजार ४७० रुपैयाँ, काठमाडौँदेखि भैरहवाका लागि ५ सय ६१ रुपैयाँबाट ७ सय ४, काठमाडौँदेखि महेन्द्रनगरका लागि १ हजार ३३२ रुपैयाँबाट १ हजार ६७१ रुपैयाँ, काठमाडौँदेखि विरगंजका लागि ५ सय ४० रुपैयाँबाट ६ सय ७८ रुपैयाँ भाडादर कायम गरेको छ ।

    विभागले तराईको लामो दुरी २५ किलोमिटर भन्दा बढी पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुबाहक बस, मिनिबसको लागि प्रति किलो मिटर प्रति व्यक्ति २ रुपैयाँ ४३ पैसा कायम गरेको छ ।

    २५ किलोमिटरदेखि २५० किलोमटिटरसम्म दूरीका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रु बाहक बस, मिनिबसको लागि प्रति किलोमिटर प्रति व्यक्ति २ रुपैयाँ ४९ पैसा र काठमाडौँ–पोखरा र पोखरा–नारायणघाट ख०डको लासग प्रति व्यक्ति प्रति मिलोमिटर २ रुपैयाँ ६७ पैसा कायम गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images