काठमाडौं- इलाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमाले र श्रम संस्कृति पार्टीबिच कडा टक्कर देखिएको छ ।
नेकपा एमालेका काजीमान कागतेले ८ हजार ६७१ मत ल्याउँदा श्रम संस्कृति पार्टीका विनोदनेम्वाङ लिम्बले ८ हजार ५८४ मत ल्याए ।
यस्तै नेपाली कांग्रेसका निश्कल राईले ८ हजार ४५४ मत ल्याएका छन् । उनीहरुबिच २१७ को मतान्तर छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विमल गदालले ५ हजार ४१६ मत ल्याएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रण बहादुर राईले २ हजार ७६३ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्वाला नेपालले २४६ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्























