images
images
  • गोरखा-२ मा रास्वपाका कविन्द्र बुर्लाकोटीले जिते चुनाव

    काठमाडौं- गोरखा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कविन्द्र बुर्लाकोटी विजयी भएका छन् ।

    निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाशचन्द्र दवाडीलाई दोब्बर बढी मतले पछि पार्दै बुर्लाकोटी विजयी बनेका हुन् ।

    बुर्लाकोटीले २६ हजार ६६० मत ल्याउँदै गर्दा दवाडीले ११ हजार ७०० मत मात्र प्राप्त गरेका छन् ।

    ११ हजार ७३ मत ल्याउँदै नेकपाका लेखनाथ न्यौपाने तेस्रो स्थान हासिल गरेका छन् ।

    एमालेका मिलन गुरुङ (चक्रे मिलन) ले भने ३ हजार ८७ मत मात्र ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    १ लाख ८ हजार ५३३ मतदाता रहेको सो क्षेत्रमा कुल ५७ हजार १५६ मत खसेको थियो । जसमध्ये ३ हजार ९ मत बदर भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images