काठमाडौं- प्रतिनिधि सभा सदस्य निर्वाचनमा रामेछापबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्णहरि बुढाथोकी विजयी भएका छन् ।
उनले २४ हजार ८०८ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका माधव प्रसाद ढुङ्गेलले १७ हजार ६०९ मत पाए ।
नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत पाए ।
प्रतिक्रिया दिनुहोस्























