images
images
  • अमेरिका–इजरायलको अर्को देशमा आक्रमण, ४ जनाको मृत्यु

    काठमाडौं– अमेरिका र इजरायलले तेहरान र वरिपरिका क्षेत्रका ५ वटा तेल भण्डारण स्थलमा हवाई आक्रमण गरेका छन् । यस घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ भने केही संरचनामा क्षति पुगेको छ ।

    तेहरानस्थित नेशनल इरानी तेल उत्पादन वितरण कम्पनीका प्रमुख केरामत वेइस्कारामीले राज्य सञ्चारमाध्यमलाई भने, ‘गत रात तेहरान र अल्बोर्जमा रहेका चारवटा तेल डिपो र एक पेट्रोलियम ढुवानी केन्द्रलाई शत्रु विमानले लक्षित गर्‍यो ।’

    उनले थपे, ‘यस हमलामा चार जना कर्मचारी, जसमा दुई तेल ट्यांकर चालक छन्, मारिएका छन् । केही संरचना क्षतिग्रस्त भए पनि आगो नियन्त्रणमा आएको छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images