images
images
  • लोकप्रिय कम्युनिष्ट पार्टीहरूको कन्तबिजोग : ७–७ सिटमा खुम्चिए एमाले र नेकपा

    काठमाडौं– प्रतिनिधिसभा चुनावको अहिलेसम्मको मतपरिणाम अनुसार प्रत्यक्षतर्फ नेकपा र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

    दुवै दलले अहिलेसम्म ७–७ सिट जितेका छन् ।

    सिन्धुपाल्चोक–२ मा युवराज दुलाल विजयी भएसँगै नेकपाले एमालेसँग बराबरी गरेको हो ।

    २०७९ को चुनावमा एमालेले प्रत्यक्षतर्फ ४४ सिट जितेको थियो, तर यसपटक त्यसमा उल्लेख्य गिरावट देखिएको छ ।

    मतगणना अन्तिम चरणमा पुग्दा एमालेका तीन उम्मेदवार अग्रतामा छन् ।

    उनीहरूले जितेमा एमालेको प्रत्यक्ष सिट संख्या १० पुग्न सक्छ ।

    यद्यपि समानुपातिकतर्फ भने एमाले स्पष्ट रूपमा अगाडि छ ।

    हालसम्म ४० लाख ६० हजारभन्दा बढी मत गणना हुँदा एमालेले ५ लाख ७८ हजार ४०७ मत (१४.२४ प्रतिशत) पाएको छ भने नेकपाले २ लाख ७३ हजार ३९९ मत (६.७३ प्रतिशत) ल्याएको छ ।

    समग्र परिणाममा समानुपातिक मतका कारण एमाले नेकपाभन्दा अगाडि रहने देखिएको छ ।

    प्रारम्भिक गणितअनुसार शीर्ष पाँच दल भने अघिल्लै चुनावका जस्तै रहने सम्भावना छ, तर दलहरूको वरीयतामा परिवर्तन हुने देखिएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बन्ने संकेत देखिँदा कांग्रेस दोस्रो, एमाले तेस्रो, नेकपा चौथो र राप्रपा पाँचौँ स्थानमा रहने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images