images
images
  • नेकपाले हालसम्म कति निर्वाचन क्षेत्रमा जित्यो ?

    काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्षतर्फ कुल ७ सिट जितेको छ ।

    पार्टीले रोल्पा, सल्यान, सिन्धुपाल्चोक–२, कालीकोट, रुकुम पूर्व, रुकुम पश्चिम र डोल्पा क्षेत्रबाट विजय हासिल गरेको हो ।

    पार्टीका संयोजक प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

    यस्तै नेता वर्षमान पुन रोल्पाबाट २७ हजार ४६० मतसहित विजयी भएका छन् भने सल्यानबाट रमेश कुमार मल्ल २३ हजार १८९ मत ल्याएर निर्वाचित भएका छन् ।

    सिन्धुपाल्चोक–२ बाट युवराज दुलालले २१ हजार ६९९ मत प्राप्त गर्दै जीत हात पारेका छन् ।

    त्यसैगरी रुकुम पश्चिममा गोपाल शर्मा २१ हजार ६०९ मतसहित विजयी भएका छन् भने कालीकोटबाट महेन्द्र बहादुर शाही ११ हजार ७३९ मतसहित निर्वाचित भएका छन् ।

    डोल्पाबाट धनबहादुर बुढा ६ हजार ८०२ मत ल्याएर विजयी भएका छन् ।

    हालसम्मको मतगणनाअनुसार नेकपा अन्य कुनै पनि निर्वाचन क्षेत्रमा अग्रतामा छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images