काठमाडौं– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका शीर्ष पदाधिकारीहरू सबै पराजित भएका छन् ।
सभापति गगन थापा सर्लाही–४ बाट रास्वपा उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भए ।
महामन्त्री प्रदीप पौडेल काठमाडौं–५ र गुरूराज घिमिरे मोरङ–४ बाट हारे ।
सहमहामन्त्री उदयशम्शेर राणा, फरमुल्लाह मन्सुर, प्रकाश रसाइली स्नेही, कर्णबहादुर बुढा, र योगेन्द्र चौधरी पनि चुनाव हारे ।
अहिलेसम्म कांग्रेसले प्रत्यक्षतर्फ जम्मा १७ सिट जितेको छ ।
कोशी प्रदेश : ३ सिट (पाँचथर, तेह्रथुम, सोलुखुम्बु)
मधेस प्रदेश : १ सिट (रौतहट–२)
बागमती प्रदेश : १ सिट (रसुवा)
गण्डकी प्रदेश : २ सिट (मनाङ, मुस्ताङ)
लुम्बिनी प्रदेश : २ सिट (पाल्पा–१, कपिलवस्तु–३)
कर्णाली प्रदेश : ५ सिट (हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत–१, मुगु)
सुदूरपश्चिम प्रदेश : ३ सिट (बाजुरा, अछाम–१, डोटी)
कांग्रेसबाट महिला प्रतिनिधि मात्र एक जनाले जितेकी छिन् ।























