images
images
  • लामो दूरीको सार्वजनिक गाडीको भाडादर सार्वजनिक

    काठमाडौँ । सरकारले गत असार २७ गते बढाएको लामो दूरीको सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ ।

    पेट्रोलियम पदार्थको मूल्य वृद्धिसहित विभिन्न १३ वटा सूचकका आधारमा बढाइएको भाडा यातायात व्यवस्था विभागले शुक्रबार साँझ सार्वजनिक गरेको हो ।

    तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको असार २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट समायोजन गरिएको नयाँ भाडा २० देखि २८ प्रतिशत सम्म बढाइएको छ । यो भाडादर दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीमा मात्र लागू हुनेछ ।

    स्थानीय तहको भाडा समायोजनको अधिकार विभागसँग नरहेकाले बढेको भाडा अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक गाडीको हकमा मात्र लागू हुने विभागका महानिर्देशक नमराज घिमिरेले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images