images
images
  • समानुपातिकमा कुन दलको अग्रता : कांग्रेस, एमाले, नेकपा कि रास्वपा ? (मतपरिणामसहित)

    काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक मतगणना जारी छ ।

    फागुन २४ गते मध्याह्नसम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १६ लाख ४१ हजार १५३ मत प्राप्त गर्दै अग्रस्थानमा छ ।

    दोस्रो स्थानमा नेपाली कांग्रेस पाँच लाख ५५ हजार ९०० मतसहित छ ।

    तेस्रो स्थानमा नेकपा (एमाले) ४ लाख ६४ हजार ३४१ मतसहित, चौथो स्थानमा नेपाली कम्युनिस्ट पार्टी २ लाख २५ हजार ७८१ मतसहित छ ।

    अन्य दलहरूको अवस्था :

    राप्रपा: १ लाख १९ हजार ७६७

    श्रम संस्कृति पार्टी: ६८ हजार ८४६

    राष्ट्रिय परिवर्तन पार्टी: ४० हजार २४६

    जनता समाजवादी पार्टी, नेपाल: ३३ हजार २७०

    जनमत पार्टी: १६ हजार ६०३

    नेपाल मजदुर किसान पार्टी: १५ हजार ४३९

    हालसम्म समानुपातिकमा कुल ३२ लाख ९३ हजार ९४५ मत गणना गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images