images
images
  • ओलीको अहंकारले सिंगो एमालेको हार : शीर्ष नेताहरू पत्तासाप, संसद्को कुनमा सिमित हुने पक्का

    काठमाडौं– अघिल्लो संसदमा दोस्रो ठूलो दल बनेको नेकपा (एमाले) यसपटक तेस्रो दल बन्न संघर्ष गरिरहेको छ ।

    २०६४ सालको पहिलो संविधानसभा निर्वाचन यता एमाले पहिलोपटक रक्षात्मक अवस्थामा पुगेको हो ।

    हालसम्म शीर्ष नेताहरूको अधिकांश पराजय भइसकेको छ ।

    पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोमा रहेकाहरू पनि हारको सामना गरिरहेका छन् ।

    निर्वाचन आयोगका अद्यावधिक विवरण अनुसार बाँके–२ बाट मोहम्मद इस्तियाक राई, बझाङबाट ऐन महर, दैलेख–२ बाट लक्ष्मीप्रसाद पोखरेल, इलाम–२ बाट सुहाङ नेम्वाङ, धनकुटाबाट राजेन्द्रकुमार राई, ताप्लेजुङबाट क्षितिज थेबे र दार्चुलाबाट गणेशसिंह ठगुन्ना विजयी भएका छन् ।

    एमालेले अहिलेसम्म कोशीबाट तीन, सुदूरपश्चिमबाट दुई, कर्णाली र लुम्बिनीबाट एक–एक जना जितेको छ ।

    इलाम–१, संखुवासभा–१ र अछाम–२ मा काजिमान कागते, अर्जुनकुमार कार्की र यज्ञबहादुर बोगटीले अग्रता लिइरहेका छन् ।

    समानुपातिकतर्फ एमालेले २९ लाख १० हजार ६७७ मत गणना हुँदा ४ लाख ३ हजार ८९९ मत पाएको छ ।

    झापा–५ बाट अध्यक्ष केपी शर्मा ओली रास्वपाका बालेन शाहसँग पराजित भए ।

    पाँचमध्ये तीन उपाध्यक्ष उम्मेदवार पनि पराजित भए, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ र गोकर्ण विष्ट। महासचिव शंकर पोखरेल दाङ–२ बाट, सचिव भानुभक्त ढकाल तेह्रथुमबाट, राजन भट्टराई काठमाडौं–४ बाट, महेश बस्नेत भक्तपुर–२ बाट, ईश्वर पोखरेल काठमाडौं–५ बाट पराजित भए ।

    पूर्वउपमहासचिव प्रदीप ज्ञवाली गुल्मी–१ र सचिव शेरधन राई भोजपुरमा पनि पराजित भएका छन् ।

    समग्रमा, एमाले यसपटक अनपेक्षितरूपमा कमजोर देखिएको छ, शीर्ष नेताहरूको हारले पार्टीलाई ठूलो धक्का लागेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images