images
images
  • सर्वहाराका सुख–दुःखका सारथी हर्क साम्पाङ भारी मतान्तरले विजयी

    विराटनगर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट ८,४९२ मतान्तरले विजयी भएका छन् ।

    साम्पाङले ३५,७४१ मत पाउँदा निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले २७,२४९ मत पाइन ।

    धरान उपमहानगरको मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका साम्पाङले जेनजी आन्दोलनपछि आफ्नो नेतृत्वमा पार्टी दर्ता गरेका थिए ।

    केही महिनामै पार्टीले प्रत्यक्षतर्फ दुई सिट जितेको छ, महासचिव आरेन राई खोटाङबाट विजयी भएका छन् ।

    भोजपुरमा ध्रुव राई अग्रता लिएका छन् ।

    साम्पाङले २०७९ को निर्वाचनमा धरानमा स्वतन्त्र उम्मेदवारी दिँदै २०,८२१ मत ल्याएर विजयी भएका थिए ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६,०५९ मत पाएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images