images
images
  • जेनजी आन्दोलनमा ७६ जनाको हत्या आरोपमा ओली, रिजाल र लेखकलाई जेल पठाउने तयारी

    काठमाडौं– जेनजी प्रदर्शनबारे गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ ।

    आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं जिल्ला सुरक्षा समितिका तत्कालीन अध्यक्ष छविलाल रिजाल लगायतका अधिकारीहरूलाई फौजदारी कानुन अनुसार कारबाही अघि बढाउन सरकारलाई सिफारिस गरेको छ ।

    भदौ २३–२४ मा प्रदर्शनमा गोली चल्दा २१ जनाको मृत्यु भएको थियो भने २४ गते आगजनी र लुटपाटका घटना पनि भएका थिए ।

    आयोगले प्रदर्शनमा अत्यधिक बल प्रयोग गर्ने र अपराधमा संलग्न व्यक्तिहरूको छुट्टाछुट्टै छानबिन गरी अभियोजन अघि बढाउन सुझाव दिएको छ ।

    साथै, तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि कानुनी दायरामा ल्याउन आयोगले सिफारिस गरेको छ ।

    फौजदारी कारबाही अघि बढेमा जिम्मेवार अधिकारीहरू विरुद्ध मुलुकी अपराध संहिता–२०७४ अनुसार मुद्दा चल्न सक्नेछ ।

    जेनजी आन्दोलनको क्रममा कुल ७६ जनाको मृत्यु भएको थियो, जसमा प्रदर्शनकारी र कैदीबन्दी दुवै समावेश छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images