images
images
  • अस्पतालका डाक्टरहरू संसद्‌मा : स्वास्थ्य सेवा अब नीति निर्माण तहमा

    काठमाडौं– नेपालमा डाक्टरहरू अब केवल बिरामी उपचार गर्ने मात्र होइन, नीति निर्माणमा पनि सक्रिय हुँदैछन् ।

    पछिल्ला निर्वाचनमा धेरै चिकित्सक र स्वास्थ्यकर्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट संघीय संसद्‍मा निर्वाचित भएका छन् ।

    प्रतिनिधिसभामा डा. लेखजंग थापा, डा. तोसिमा कार्की, जनस्वास्थ्यविज्ञ आनन्दबहादुर चन्द, दृष्टिरोग विशेषज्ञ दीपककुमार साह, डा. शम्भुकुमार यादव र स्वास्थ्य स्वयंसेविका आशा झा सांसद बनेका छन् ।

    उनीहरूले अस्पताल, ग्रामीण स्वास्थ्य सेवा, औषधि आपूर्ति, र बिरामीको आर्थिक भारजस्ता समस्यासँग प्रत्यक्ष अनुभव राख्छन् ।

    मुख्य विजयीहरू :

    • डा. लेखजंग थापा (रुपन्देही–३): वरिष्ठ न्युरोलोजिस्ट, राष्ट्रिय न्युरो केन्द्रका निर्देशक, ५८,८१४ मतसहित भारी विजय। 
    • डा. तोसिमा कार्की (ललितपुर–३): पूर्व स्वास्थ्य राज्यमन्त्री, एमएस (शल्य–चिकित्सा), ४३,०९६ मत ।
    • आनन्दबहादुर चन्द (कैलाली–५): जनस्वास्थ्यविज्ञ, सुर्तीजन्य पदार्थ नियन्त्रणका अभियन्ता, ३१,९५३ मत ।
    • डा. शम्भुकुमार यादव (सिराहा–३): स्थानीय स्वास्थ्य सेवा उद्यमी, ३२,२४९ मत ।
    • दीपककुमार साह (महोत्तरी–२): दृष्टिरोग विशेषज्ञ, ३२,७२२ मत ।
    • आशा झा (मोरङ–५): स्वास्थ्य स्वयंसेविका, ३१,४३४ मत ।

    डा. थापा, डा. कार्की र अन्य चिकित्सक सांसदहरूले स्वास्थ्य नीति सुधार, सेवा विस्तार, र जनस्वास्थ्य प्रवर्द्धनमा आफ्नो भूमिका मजबुत बनाउने लक्ष्य राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images