images
images
  • कार्की आयोगले जेनजी आन्दोलनको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझायो

    काठमाडौं– गत भदौमा भएको जेनजी आन्दोलनका घटनाहरु र सरकारी दमनबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ ।

    पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको तीन सदस्यीय आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्य रहेका छन् ।

    प्रधानमन्त्री कार्कीले प्रतिवेदन अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने बताएकी छिन् ।

    आयोगले गत भदौ २३–२४ का घटनाका मानवीय र भौतिक क्षतिको छानबिन पूरा गरेर प्रतिवेदन बुझाएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images