काठमाडौं– ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदिश खरेल विजयी भएका छन् ।
उनले ३९ हजार ४९१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ७ हजार ४२० मत पाए। खरेल ३२ हजार ७१ मतान्तरले विजयी भएका हुन् ।
यसैगरी सिराहा जिल्ला क्षेत्र नम्बर १ मा पनि रास्वपाका बब्लु गुप्ता विजयी भएका छन् ।
उनले कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गरे ।
अन्तिम मतपरिणाम अनुसार गुप्ताले ४१ हजार ३२२ मत पाउँदा चौधरीले ९ हजार ७८४ मत पाए ।
त्यसैगरी म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन २२ हजार ८५० मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले)का हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत पाए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी रहेको जनाइएको छ ।
म्याग्दीमा ८६ हजार ३९७ मतदातामध्ये ४६ हजार २१५ मत खसेको थियो ।
उनीहरू सबै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार मन्त्री थिए । राजीनामा दिएर चुनावमा भिडेर जितेका छन् ।
यद्यपि कुलमान घिसिङ भने पराजित भएका छन् ।























