काठमाडौं– सप्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरी विजयी भएका छन्।
उनले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका हुन्।
चौधरीले ३२ हजार ८७५ मत प्राप्त गर्दा यादवले १५ हजार २३९ मत पाए।
नेपाली कांग्रेसका दिनेशकुमार गुप्ता ८ हजार ४२४ र नेकपा एमालेका ताराकान्त चौधरी ६ हजार ७१५ मतसहित क्रमशः तेस्रो र चौथो स्थानमा रहे।
प्रतिक्रिया दिनुहोस्























