काठमाडौं– समानुपातिकतर्फ करिब २५ प्रतिशत मतगणना सकिँदासम्म पाँच राजनीतिक दल मात्रै ‘राष्ट्रिय दल’ बन्ने सम्भावनामा देखिएका छन् ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेका छन् ।
प्रतिनिधिसभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नु र समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउनु आवश्यक हुन्छ ।
रास्वपा, कांग्रेस र एमालेले भने हालको अवस्थामै थ्रेसहोल्ड पार गरिसकेकाले राष्ट्रिय दल बन्ने सुनिश्चितजस्तै भएको छ ।
हालसम्म नेकपाले करिब ६.५ प्रतिशत मत पाएको देखिन्छ भने राप्रपाले करिब ३.५ प्रतिशत मत प्राप्त गरेको छ ।
करिब १ करोड १० लाख मत खसेको अनुमान गर्दा थ्रेसहोल्ड कटाउन ३ लाखभन्दा बढी मत आवश्यक पर्ने देखिन्छ ।
यता श्रम संस्कृति पार्टी नेपाल पनि थ्रेसहोल्ड नजिक देखिएको छ ।
पार्टीका अध्यक्ष हर्क साङ्पाङ सुनसरी–१ मा अग्रता लिए पनि समानुपातिकतर्फ हाल करिब २ प्रतिशत मत मात्र प्राप्त भएको छ ।























