images
images
  • प्रचण्ड–रवि बाहेक ५ दलका शीर्ष नेतृत्वको लज्जास्पद हार, राजीनामा देलान् ?

    काठमाडौं– ०८२ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय पार्टीका ५ दलका अध्यक्ष पराजित भएका छन् ।

    निर्वाचनको अन्तिम नतिजाअनुसार नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पराजित भएका हुन् ।

    त्यस निर्वाचनमा राष्ट्रिय पार्टी बनेका दलमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्रै निर्वाचित भएका छन् ।

    कांग्रेस सभापति थापा सर्लाही–४ मा डा. अमरेश कुमार सिंहसँग पराजित भए भने झापा–५ मा एमाले अध्यक्ष ओली बालेन्द्र शाहसँग फराकिलो मतान्तरले पराजित भएका छन् ।

    झापा–३ मा राप्रपा अध्यक्ष लिङ्देन प्रकाश पाठकसँग हार्दा सप्तरी–३ मा जसपा अध्यक्ष यादव अमरकान्त चौधरीसँग पराजित भएका छन् ।

    यस्तै, सप्तरी–२ मा जनमत अध्यक्ष राउत तेस्रो स्थानमा रहेकाले उनको जित्ने सम्भावना न्यून देखिएको छ ।

    निर्वाचनको परिणामसँगै केही दलको प्रतिनिधिसभामा प्रतिनिधित्व नै नहुने अवस्था देखिएको छ ।

    यसका साथै नेतृत्वको पराजयले उनीहरूको नैतिकतामाथि प्रश्न उठाएका छन् भने राजीनामा देलान् कि नदेलान् भन्ने जिज्ञाशा उठेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images