images
images
  • ओखलढुङ्गामा कांग्रेस र रास्वपाबीच कडा प्रतिस्पर्धा

    काठमाडौं- ओखलढुङ्गामा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बिच कडा प्रतिस्पर्धा देखिएको छ ।

    कांग्रेस उम्मेदवार कुमार लुइँटेल र रास्वपा उम्मेदवार विश्वराज पोखरेलबिच १७ मतको मात्रै मतान्तर छ । लुइँटेल १७ मतले अगाडि छन् ।

    लुइँटेलले १३ हजार ८५२ मत प्राप्त गरी अग्रस्थानमा रहँदा रास्वपाका उम्मेदवार पोखरेलले १३ हजार ८३५ मत ल्याएर पच्छ्याइरहेका छन् ।

    तेस्रोमा रहेका नेपाली कम्युनिष्ट पार्टीका अम्विरबाबु गुरुङले ११ हजार १९४ मत ल्याएका छन् भने एमाले उम्मेदवार अस्मिता थापाले १० हजार ५६६ मत प्राप्त गरेकी छिन्।

    त्यहाँ श्रम संस्कृति पार्टीका उद्धव कुमार राईले ३ हजार ७८८ मत ल्याएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images