images
images
  • श्रम संस्कृति पार्टीले खोल्यो खाता, खोटाङमा आरेन राई विजयी

    काठमाडौं- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खाता खोलेको छ ।

    खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएसँगै यो पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको हो ।

    १६ हजार ६१२ मत ल्याएर राई विजयी भएका हुन् ।

    नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत ल्याएका छन् ।

    नेपाली कांग्रेस्का वीरकाजी राईले ११ हजार ९५७ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत ल्याएका छन्

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images