images
images
  • ९२ सिटको नतिजा आउँदा, कुन पार्टीले कति सिट जिते ?

    काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म ९२ सिटको नतिजा आइसकेको छ ।

    पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ७४ सिटमा जित हात पारेको छ । पार्टीले ४८ सिटमा अग्रता बनाइरहेको छ ।

    दोस्रो स्थानमा नेपाली कांग्रेसले १० सिटमा जित र ९ सिटमा अग्रता बनाएको छ ।

    नेकपा एमाले ३ सिटमा जित र ८ मा अग्रतासहित तेस्रो स्थानमा छ ।

    चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ३ सिटमा जित र ४ सिटमा अग्रता बनाएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले १ मात्र सिट जित्दा अन्य कुनै पनि स्थानमा अग्रता बनाउन सकेको छैन ।

    स्वतन्त्र उम्मेदवार १ जनाले जितेका छन् भने श्रम संस्कृति पार्टीले ३ सिटमा अग्रता बनाइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images