images
images
  • भोजपुरको मतपेटिकामा भेटियो मतदाताको ‘भावनात्मक चिठी’

    काठमाडौं- निर्वाचनमा जनताले आफ्ना प्रतिनिधि छान्नका लागि मतदान गर्छन् ।

    तर भोजपुरमा एक मतदाताले मतपत्रसँगै आफ्नो भावना र देशप्रतिको चिन्तालाई एउटा चिठीमा कोरेर मतपेटिकामा खसालेको पाइएको छ ।

    भोजपुर नगरपालिकाको मतगणना जारी रहँदा वडा नम्बर २ को मतपेटिकामा उक्त हस्तलिखित पत्र फेला परेको हो ।

    भोजपुरका मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद दाहालले मतपेटिकामा चिठी फेला परेको कुरालाई पुष्टि गरेका छन् ।

    ‘मतगणनाका क्रममा एउटा चिठी भेटिएको थियो । त्यो चिठीमा कसैलाई गालीगलौज गरिएको छैन, बरू देश विकास र सुशासनका लागि केही सकारात्मक सुझावहरू लेखिएका छन्,’ उनले भने, ‘यो चिठीले अन्य मतपत्रहरूलाई कुनै असर गरेको छैन, न त यो कुनै कानुनी कारबाहीको विषय नै हो । एउटा मतदाताले आफ्नो मनमा लागेको कुरा व्यक्त गर्ने माध्यमका रूपमा यसलाई प्रयोग गरेको देखिन्छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images