काठमाडौं- ‘बदलियो कांग्रेस, बदल्छौं देश’ भन्ने नारा लिएर चुनावी मैदानमा प्रवेश गरेका कांग्रेसका महामन्त्री प्रदीप पौडेल (काठमाडौं–५) र गुरुराज घिमिरे (मोरङ–४) ठूलो मतान्तरले पराजित भएका छन्।
घिमिरेलाई रास्वपाका सन्तोष राजवंशीले २८,०१५ मतान्तरले हराए।
पौडेललाई रास्वपाकी सस्मित पोखरेलले २९,५७८ मतान्तरले पराजित गरे।
घिमिरे नेविसंघका पूर्वअध्यक्ष हुन् र गत वर्षको विशेष महाधिवेशनबाट महामन्त्री चयन भएका थिए। पौडेल भने पूर्वस्वास्थ्य मन्त्री हुन्।
त्यसैगरी, कांग्रेसका शेखर कोइराला (मोरङ–६) र बिमलेन्द्र निधि (धनुषा–४) पनि रास्वपाका उम्मेदवारसँग पराजित भएका छन्।
सभापति गगन थापा पनि पराजयको नजिक छन् ।
यो नतिजाले पार्टीभित्रको नेतृत्व र नीतिगत परिवर्तनको सवाललाई थप चुनौतीपूर्ण बनाएको छ।
प्रतिक्रिया दिनुहोस्























