images
images
  • कांग्रेस, एमाले र नेकपाको लज्जास्पद हार, मधेशी दल एकै झट्कामा स्वाहा

    काठमाडौं हालैको निर्वाचनले पुराना राजनीतिक दलहरू—कांग्रेस, एमाले, नेकपा र मधेशी दलहरूलाई ठूलो धक्का दिएको छ। रास्वपा छोटो समयमै उदाए पनि मतदातामा ठूलो जनलहर पाएको छ।

    जसको कारणमा काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाहको पार्टी प्रवेश र नागरिकको बढ्दो अपेक्षा उल्लेखनीय छ।

    विश्लेषकहरूले भ्रष्टाचार, दण्डहीनता, राज्य संस्थाहरूको दलीयकरण र पुराना दलप्रति नागरिकको वितृष्णाले यस्तो परिणाम ल्याएको बताउँछन्। सामाजिक सञ्जालमा भाइरल हुने आलोचनात्मक सामग्रीले पनि पुराना दलहरूको छवि कमजोर बनाएको छ।

    पूर्व–निर्वाचन आयुक्त भोजराज पोखरेलका अनुसार, जनता विकल्प खोज्दै आएको अवस्थामा अहिले अवसर मिलेको हो। कांग्रेस र एमालेले नयाँ नेतृत्व र नीतिको प्रयास गरे पनि जनतालाई समयमै बुझाउन नसक्दा अप्रत्याशित नतिजा आयो।

    राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले भने, रास्वपाले अब उच्चतम जनादेशको सम्मान गर्दै सरकार सञ्चालन गर्ने परीक्षा सुरु गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images