images
images
  • चितवन-३ मा सोविता गौतम अत्यधिक मतसहित विजयी, रेनुले दिइन् बधाई

    काठमाडौं- चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।

    गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हात पारेकी हुन् ।

    यो अहिलेसम्मकै सर्वाधिक मतको जित हो । गौतमकी निकतम प्रतिप्रस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याइन् ।

    गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६ सय ६२ छ ।

    रेनुले फेसबुकमा स्टाटस लेखेर सोवितालाई बधाई दिँदै चितवनवासीको मन जिते पनि मत जित्न नसकेको बताएकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images