images
images
  • रौटहट-१ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पराजित गर्दै रास्वपाका चौधरीले जिते चुनाव

    काठमाडौं- रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् ।

    निकटतम प्रतिस्पर्धी एमालेका अजय गुप्तालाई उनले १८ हजार २५३ मतान्तरले पराजित गरेका हुन् ।

    चौधरीले २८ हजार ९४६ मत ल्याउँदा एमालेका गुप्ताले १० हजार ६९३ मत ल्याए ।

    त्यस्तै कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८ हजार ५७४ मत ल्याए ।

    पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने तारा चुनाव चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै ७ हजार ६६९ मत प्राप्त गरी चौथो स्थानमा सीमित भए ।

    त्यस्तै जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारले छाता चिन्हबाट ६ हजार ८४६ मत प्राप्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images