images
images
  • कांग्रेस सभापति हारको सम्मुखमा, महामन्त्रीद्वय पराजित, अन्य पदाधिकारी संसदमा नपुग्ने पक्का

    काठमाडौं- नयाँ प्रतिनिधिसभामा नेपाली कांग्रेसका कुनै पनि पदाधिकारीको सहभागिता नहुने निश्चित भएको छ।

    सभापति गगन थापा सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पराजित देखिएका छन्।

    महामन्त्री प्रदीप पौडेल (काठमाडौं–५) र गुरुराज घिमिरे (मोरङ–४) पनि प्रत्यक्षतर्फ पराजित भएका छन्।

    विशेष महाधिवेशनबाट सर्वसम्मत रुपमा चुन्ना भएका अन्य सहमहामन्त्रीहरू पनि विभिन्न क्षेत्रमा पराजित भए।

    महिला सहमहामन्त्री डा. डिला संग्रौला पन्त उम्मेदवार बनेकी थिइनन् भने दलित, आदिवासी, खस आर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रका सहमहामन्त्रीहरू पनि फरक–फरक उम्मेदवारहरूसँग पराजित भएका छन्।

    यो परिणामसँगै नयाँ प्रतिनिधिसभामा कांग्रेसका पदाधिकारीको उपस्थिति रहने छैन।

    प्रतिक्रिया दिनुहोस्
    images
    images