images
images
  • डोल्पामा फर्जी मत विवाद : अझै सुरु भएन गणना, पुनः मतदानको माग गर्दै उजुरी

    काठमाडौं- डोल्पामा बिहान रोकिएको मतगणना अझै सुरु भएको छैन ।

    फर्जी मत खसेको भन्दै बिहान स्थगित भएको मतगणना अझै सुरु नभएको हो ।

    काइके गाउँपालिका-४ र ५ को मतगणनाको क्रममा पाँच वटा मतपत्रमा मतदान अधिकृत र मतदाताको हस्ताक्षर नभएको अर्धकट्टीसहितको मतपत्र भेटिएको थियो ।

    यही विषयमा विवाद सुरु भएको थियो । विवाद पश्चात् मतगणना स्थगित भएको थियो ।

    उक्त मतपत्रमा अनधिकृत व्यक्तिले मतदान गरेको भन्दै नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्री पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र एक स्वतन्त्र उम्मेदवारले विरोध जनाएपछि मतगणना अन्योल बनेको हो ।

    उनीहरूले मुख्य निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पुनः मतदान हुनुपर्ने माग गर्दै उजुरी दिएका छन् ।

    डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठकमा छलफल भइरहेको बताएकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images