झापा- झापा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राणा मगरले निरन्तर अग्रता कायम गर्दै निवर्तमान उपसभामुख देवराज घिमिरेलाई २४ हजार ५२१ मतले पछाडि पार्न सफल भइन्। पछिल्लो मतगणनाअनुसार, मगरले ३०,०३५ मत प्राप्त गरेकी छन् भने घिमिरेले ५,५१४ मत पाएका छन्।
तेस्रो स्थान श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले ३,७५० मत ल्याएर ओगटेका छन्। नेपाली कांग्रेसकी सरिता प्रसाईँ २,६६८, नेकपाकी धर्मशिला चापागाईं ६१२, र राप्रपाका स्वागत नेपाल १,७८२ मतमा सीमित रहे।
क्षेत्र नम्बर २ मा कुल १,४७,५२२ मतदाता रहेका छन्, जसमा ९६,४३६ मत खसेको छ।
प्रतिक्रिया दिनुहोस्























