images
images
  • जेनजी आन्दोलनको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइने तयारीमा जाँचबुझ आयोग

    काठमाडौं- जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जानबुझ गर्न गठन भएको जाँचबुझ आयोगले आइतबारसम्ममा प्रतिवेदन बुझाउने भएको छ ।

    प्रतिवेदनलाई अन्तिम रुप दिन आयोगका पदाधिकारीहरु सिंहदरबारस्थित कार्यालयमा बसिरहेका छन् ।

    आयोगका अनुसार प्रतिवेदन लेखनका क्रममा केही त्रुटि वा कमजोरी छ कि भनेर रुजु गर्ने काम भइरहेको छ । मिल्यो भने आज बेलुकी, नभए भोलिसम्ममा प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने तयारी छ ।

    अनुसन्धानका क्रममा संकलन भएका प्रमाण र दस्तावेजहरूलाई वर्गीकरण गरेर आयोगको सचिवालयले शिलबन्दी गर्ने काम गरिरहेको छ ।

    ती कागजात पनि आयोगले प्रधानमन्त्रीलाई बुझाउनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images