images
images
  • खोटाङमा श्रम संस्कृति पार्टीको अग्रता

    काठमाडौं- प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले अग्रता लिएका छन् ।

    पछिल्लो मतपरिणामअनुसार पार्टीका महासचिव राईले ४ हजार ७ सय ७४ मत प्राप्त गर्दै प्रतिस्पर्धामा अघि छन्।

    उनीसँगै प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका उम्मेदवार वीरकाजी राईले ४ हजार ३ सय ७२ मत ल्याएका छन्।

    यस्तै, नेकपा (एमाले) का उम्मेदवार देव विक्रम राईले ३ हजार ९ सय ९२ मत प्राप्त गरेका छन्।

    नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार हरि रोकाले २ हजार ८ सय ८ मत पाएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images