काठमाडौं- देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव बढ्दै गएपछि नेकपा (एमाले) चुनावमा कमजोर देखिएको छ। हालसम्म सार्वजनिक नतिजामा एमालेले ३९ निर्वाचन क्षेत्रमा केवल २ मा जीत हासिल गरेको छ।
झापा–५ बाट अध्यक्ष केपी शर्मा ओली रास्वपाका बालेन शाहसँग पछि छन् भने उपाध्यक्ष विष्णु पाडेल, महासचिव शंकर पोखरेल, पूर्वउपाध्यक्ष ईश्वर पोखरेल र सचिव महेश बस्नेत पनि पराजित भएका छन्।
यसैबीच, उपाध्यक्ष रामबहादुर ‘बादल’को नाम आगामी संसदमा एमालेको नेतृत्व गर्ने संभावनामा चर्चामा छ। माओवादी पृष्ठभूमिका बादल पार्टीको समानुपातिक सूचीको पहिलो स्थानमा रहेका छन् र उनी निर्वाचित उपाध्यक्ष पनि हुन्।
पार्टीका अधिकांश शीर्ष नेता चुनावमा पराजित भएकाले बादलले नेतृत्वको अवसर पाउने सम्भावना बढेको छ।
चार वर्षअघि नेकपा विभाजनपछि प्रचण्ड छोडेर ओलीको पक्षमा आएका बादल हाल अध्यक्ष ओलीनिकट नेता मानिन्छन्।























