images
images
  • ३१ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेस, एमाले र नेकपाको बेहाल

    काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते भएको मतदानको मतगणना जारी रहेको छ। हालसम्म ३१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।

    प्राप्त नतिजाअनुसार २४ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी, चार क्षेत्रमा नेपाली कांग्रेस, एक क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र एक क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

    बाँकी क्षेत्रमा मतगणना जारी छ। हाल ९३ क्षेत्रमा रास्वपा अगाडि रहेको छ भने कांग्रेस १०, एमाले १०, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ११, श्रम संस्कृति पार्टी ५ र राष्ट्रिय प्रजातन्त्र पार्टी १ क्षेत्रमा अग्रस्थानमा छन्।

    यसैबीच, धनुषा–१, मुगु, संखुवासभा–१ र गोरखा–१ मा मतगणना सुरु हुन बाँकी रहेको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images