सुनसरी- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा सुनसरीका चार क्षेत्रमध्ये क्षेत्र नं. १ मा श्रम संस्कृति पार्टीका हर्कराज राई (हर्क साङपाङ) अग्रता लिइरहेका छन् भने बाँकी तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि देखिएको छ।
क्षेत्र नं. १ मा १६ हजार ७०३ मत गणना हुँदा हर्कराज राईले ६,२७९ मत ल्याएका छन्। उनलाई रास्वपाकी गोमा तामाङ ले ५,३३३ मतसहित पछ्याइरहेकी छन्।
क्षेत्र नं. २ मा रास्वपाका लालविक्रम थापा १२,४५२ मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका राजीव कोइराला ५,९०८ मतसहित दोस्रो स्थानमा छन्।
क्षेत्र नं. ३ मा रास्वपाका अशोककुमार चौधरी २०,७३९ मतसहित अगाडि छन् भने कांग्रेसका विजयकुमार गच्छदार ९,५३० मतसहित पछाडि छन्।
क्षेत्र नं. ४ मा रास्वपाका दीपककुमार साह ३,७०२ मतसहित अग्रता कायम गर्दा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की १,५०१ मतमा सीमित छन्।























