काठमाडौं- जुम्लामा जारी मतगणनामा ज्ञानेन्द्रबहादुर शाही निरन्तर अग्रस्थानमा रहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार शाहीले १०,९९२ मत प्राप्त गरेका छन्।
उनीलाई नरेश भण्डारीले ७,०१५ मतसहित पछ्याइरहेका छन्। त्यस्तै नेपाली कांग्रेसका दीपबहादुर शाही ४,३५२ मतसहित तेस्रो स्थानमा छन्।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शान्तिलाल महत ३,६५५ मतसहित चौथो स्थानमा रहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार विनिता कठायत २६१ मतसहित छैटौं स्थानमा रहेकी छन्।
देशभर राप्रपाले अग्रता लिएको क्षेत्र हालसम्म जुम्ला मात्र रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्























