काठमाडौं- बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का ऐनबहादुर महर विजयी भएका छन्। उनले १८,५४३ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाश रसाइली ‘स्नेही’ ले १६,३०४ मत ल्याए।
अन्य उम्मेदवारमध्ये मीनबहादुर कुँवर ले ९,७५७ र शैलेसकुमार सिंह ले ९,२६३ मत पाए।
यससँगै एमालेले सुदूरपश्चिम प्रदेशमा आफ्नो चुनावी खाता खोलेको छ।
प्रतिक्रिया दिनुहोस्























