images
images
  • को हुन् कांग्रेस महामन्त्रीलाई हराउने रास्वपाका सस्मित पोखरेल ?

    काठमाडौं- कांग्रेसका महामन्त्री प्रदीप पौडेल र एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराएर काठमाडौं–५ बाट रास्वपाका सस्मित पोखरेल निर्वाचित भएका छन् ।

    उनले ३० हजार ७३७ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ र एमालेका ईश्वर पोखरेलले ४ हजार ७०१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    राप्रपाका पुराना नेता कमल थापा पनि यही क्षेत्रबाट चुनावी मैदानमा थिए ।

    राजनीतिप्रति आफ्ना बुझाइ र धारणाहरू स्पष्ट रूपमा सामाजिक सञ्जालमा राख्ने शैलीका कारण सस्मित युवा पुस्तामााझ परिचित थिए । यिनै सस्मितले अब संसदीय यात्रामा पाइला चालेका छन् ।

    १ फागुन २०५२ मा काठमाडौं–५ मा जन्मेका सस्मितले जन्मेकै क्षेत्रबाट चुनावी जित हासिल पारे ।

    कानुन विषयमा काठमाडौं विश्वविद्यालयबाट स्नातक गरेका सस्मितले प्लस टुसम्मको अध्ययन भने अमेरिकामा पूरा गरेका थिए । उनी अहिले त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर गर्दैछन् ।

    सस्मितले संसदमा इन्टर्नको रुपमा समेत काम गरेका छन् । विवेकशील साझाबाट सुरु भएको उनको राजनीतिक यात्रा २०७४ सालको चुनावमा उज्वल थापाको चुनावी क्याम्पिनमा सक्रिय थिए ।

    अध्ययनको यही पृष्ठभूमिका कारण सस्मित राजनीतिक प्रणाली र संसदीय परम्पराबारे प्रस्ट देखिन्छन् । उनले आफ्नो यही बुझाइ मतदातामााझ हुने संवादमा राख्ने गर्थे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images