images
images
  • २२ हजार ५ सय मत गणना हुँदा ललितपुर-३ मा तोसिमाले कति मत प्राप्त गरिन् ?

    काठमाडौं- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ललितपुर-३ को प्रत्यक्ष तर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो मतान्तरसहित अग्रता लिएको छ ।

    हालसम्म २२ हजार ५ सय १५ मत गणना सम्पन्न हुँदा रास्वपाकी उम्मेदवार तोसिमा कार्कीले १४ हजार २ सय ८५ मत प्राप्त गरेकी छन् ।

    प्रारम्भिक नतिजाअनुसार कार्कीले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा निकै ठुलो मतान्तर कायम गरेकी छन् ।

    यहाँ नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले २७०४ मत मात्र पाएका छन् ।

    नेकपाका राजकाजी महर्जनले २५४९ मत पाएका छन् ।

    एमालेका सन्दन थापा मगरले यहाँ ९३७ मत मात्र पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images