images
images
  • मनाङबाट निर्वाचित कांग्रेस सांसद गुरुङ भ्रष्टाचारी ठहर, शपथ लिन नपाउने

    काठमाडौं- मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ दुई हजार ४१५ मत ल्याउँदै विजयी भएका छन् ।

    नेकपाकी यशोदा सुवेदीले ४४६ मत प्राप्त गरिन् । गुरुङ विजयी भएपनि उनले सांसदको शपथ लिन भने नपाउने भएका छन्।

    विशेष अदालतबाट भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडामा अनियमिततामा भ्रष्टाचारी ठहर भएकाले विजयी भएपनि शपथग्रहण गर्न पाउने छैनन् ।

    विशेष अदालतले २०७९ फागुन १५ मा गुरुङलाई भ्रष्टाचारको मतियारमा दोषी ठहर गर्दै उनीबाट एक करोड २१ लाख रुपैयाँ असुल्नुपर्ने फैसला गरेको थियो ।

    हाल गुरुङको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images