images
images
  • सुनसरी-१ मा हर्क साम्पाङलाई झड्का, कति मतले परे पछाडि ?

    काठमाडौं- सुनसरी-१ मा प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ (सरिन) ले आफ्नो अग्रता कायमै राखेकी छिन् ।

    धरान उपमहानगरपालिका-१ को एक हजार ९ सय ६१ मत गणना गर्दा तामाङले एक हजार १५ मत प्राप्त गरेकी छिन् ।

    यस्तै त्यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले भने ३ सय ३, नेपाली कांग्रेसका सुजेन्द्र तामाङले २ सय ३३, राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्वव श्रेष्ठले १ सय ६२, नेपाल कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराई (मनोज)ले ९२ र नेकपा (एमाले) का टिकाराम लिम्बुले ६१ मत प्राप्त गरेका छन् ।

    सुनसरी–१ मा  ८७ हजार ५७६ मत खसेको छ।

    साम्पाङले भने मतपरिणाम अन्तिम दिनसम्ममा आफ्नो पक्षमा आउने विश्वास व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखेका छन् । ‘श्रम संस्कृतिका मौरो हो… नआत्तिनु है ! नआत्तिनु ! जीत हुन्छ क्रान्तिको शंकै नमान !’

    प्रतिक्रिया दिनुहोस्
    images
    images