images
images
  • काठमाडौं-३ मा कुलमानले घटाए मतान्तर, राजुनाथ पाण्डेको अग्रता कायमै

    काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राजुनाथ पाण्डेले अग्रता बढाइरहेका छन् ।

    हालसम्म सार्वजनिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाण्डेले ११ हजार ९ सय ७२ मत पाएर अग्रता कायमै राखेका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ७ हजार ७ सय ४५ मत पाएका छन् र पाण्डेभन्दा ४ हजार २ सय सय २७ मतले पछि छन् ।

    काठमाडौं महानगरपालिका वडा नम्बर ६ को मतगणना भइरहँदा घिसिङले मतान्तर भने घटाएका छन् ।

    त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले ४ हजार १ सय ३३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले २ हजार १ सय १ मत पाएका छन् ।

    अन्य उम्मेदवारमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दर राम बोहराले ५१४, नेपाली कम्युनिस्ट पार्टीका निरज लामाले ३००, श्रम संस्कृति पार्टीका सुवास घिसिङले २६१ मत प्राप्त गरेका छन् ।

    स्वतन्त्र उम्मेद्वार केशव नेपालले १६५ मत पाएका छन् । २२ जनाले उम्मेद्वारी दिएकोमध्ये ति बाहेक अन्यले ५० मत समेत कटाउन सकेका छैनन् ।

    गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित चामुण्डा माध्यमिक विद्यालयमा मतगणना जारी छ ।

    ६४ हजार ४ सय ७९ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ४३ हजार ७ सय ८१ मत खसेको थियो ।

    हालसम्म २८ हजार ५ सय ७२ मत गणना भइसकेको छ ।

    जसमा १ हजार २ सय ३४ मत बदर भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images