काठमाडौं— पूर्वपत्रकार र प्राइम टीभी सञ्चालक ऋषि धमला रौतहट–४ मा निकै पछाडि देखिएका छन्। आम जनता पार्टीका उम्मेदवार धमलाले अहिलेसम्म ५ हजार ९२ मत गणना हुँदा केवल १० मत पाएका छन्।
त्यसैगरी, रास्वपाका गणेश पौडेल २ हजार २ सय ५ मतसहित पहिलो स्थानमा छन्। कांग्रेसका देवप्रसाद तिमल्सेना दोस्रो (६ सय ९२ मत) र नेकपाका रामकुमार भट्टराई तेस्रो (६ सय ३६ मत) स्थानमा रहेका छन्।
धमलाको प्रचार रणनीति चर्चित रह्यो। उनले जेरी बनाउने, उखु काट्ने, ट्याक्टर चलाउने, साइकल चलाउने, कार्यकर्तालाई माला लगाइदिने, काठ काट्ने, चटपट बनाउने, मतदातालाई अँगालो हाल्ने र बिरामीको उपचार खर्च जुटाउन सहयोग माग्ने जस्ता विविध गतिविधि गरेका थिए।
प्रतिक्रिया दिनुहोस्























