images
images
  • झापा र मोरङका सबै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

    काठमाडौं– झापा र मोरङका सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू अग्रस्थानमा छन्।

    झापा–१ मा निशा डाँगी, २ मा इन्दिरा रानामगर, ३ मा प्रकाश पाठक, ४ मा शम्भुप्रसाद ढकाल र ५ मा बालेन्द्र शाह (बालेन) अग्रता कायम छन्। मोरङ–१ मा यज्ञमणि न्यौपाने, २ मा कृष्णकुमार कार्की, ३ मा गणेश कार्की, ४ मा सन्तोष राजवंशी, ५ मा आशा झा र ६ मा रुविना आचार्यले अग्रता लिएका छन्।

    रास्वपाले काठमाडौं–१ मा पनि जित निकालेको छ भने देशभरका ८१ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images