झापा— झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको ताजा परिणामअनुसार रास्वपाका वरिष्ठ नेता बालेन शाहले उल्लेखनीय अग्रता बनाएका छन्। प्रारम्भिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शाहले १७,३९६ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेकपा (एमाले) अध्यक्ष केपी ओलीले हालसम्म ६,०७८ मत प्राप्त गरेका छन्। यससँगै शाह र ओलीबीचको मतान्तर ११ हजारभन्दा बढी पुगेको छ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको छ। तर प्रारम्भिक नतिजाले झापा–५ को प्रतिस्पर्धा निकै चासोको विषय बनेको छ।
प्रतिक्रिया दिनुहोस्























