images
images
  • दाङ-२ घण्टीमय, एमाले महासचिव शंकर पोखरेलको देखिएन जित्ने छाँट

    दाङ- दाङ–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विपिन आचार्य ठूलो मतान्तरसहित अगाडि रहेका छन्। हालसम्म उनले १८०० मत प्राप्त गरेका छन्।

    त्यसैगरी नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ५८७ मत ल्याएका छन् भने नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ३८० मत पाएका छन्।

    यसैगरी नेपाल कम्युनिस्ट पार्टीका निर्मल आचार्यले २८० मत प्राप्त गरेका छन्। हालको मतपरिणामअनुसार रास्वपाका आचार्य शंकर पोखरेलभन्दा तेब्बरभन्दा बढी मतान्तरले अगाडि छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images