काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। हालसम्म ६५ निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ।
हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक क्षेत्रमा विजयी भएको छ भने ५० स्थानमा अग्रता लिएको छ। नेपाली कांग्रेस र नेकपा एमाले भने ५–५ क्षेत्रमा अघि रहेका छन्।
कांग्रेसले ललितपुर–१, मुस्ताङ–१, कपिलवस्तु–३, दैलेख–१ र कैलाली–१ मा अग्रता लिएको छ। ललितपुर–१ मा उदयशम्शेर राणा, मुस्ताङमा योगेश गौचन थकाली, कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह, दैलेख–१ मा बासना थापा र कैलाली–१ मा जनकराज चौधरी अगाडि रहेका छन्।
मतगणना भने अझै जारी छ।
प्रतिक्रिया दिनुहोस्























