images
images
  • काठमाडौं-१ मा एमालेको जमानत जफत

    काठमाडौं- काठमाडौं-१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा अधिकांश उम्मेदवारले आफ्नो धरौटी जोगाउन सकेनन्। कुल २९ उम्मेदवारमध्ये केवल तीनजनाले मात्रै धरौटी सुरक्षित गरेका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्जु न्यौपाने १५,४५५ मतसहित विजयी भइन्। नेपाली कांग्रेसका प्रबल थापा क्षेत्री (६,३६४ मत) र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र (३,९७२ मत) ले पनि जमानत जोगाए।

    नेकपा (एमाले) का उम्मेदवार मोहन राज रेग्मीले मात्र १,६१८ मत पाएकाले उनको धरौटी जफत भयो। अन्य पार्टी र स्वतन्त्र उम्मेदवारहरू समेत १० प्रतिशतभन्दा कम मत पाउँदा धरौटी गुमाए।

    यस क्षेत्रमा विगतमा मदन भण्डारी र विद्या भण्डारी विजयी भइसकेका थिए, तर यसपटक एमालेको धरौटी जफत हुनु विशेष उल्लेखनीय छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images