images
images
  • धादिङ-१ मा पूर्वमुख्यमन्त्रीसामु आशिका तामाङको छलाङ, एमाले पुच्छारमा

    धादिङ- धादिङ-१ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङले अग्रता लिइरहेकी छिन्।

    आठ मतदान केन्द्रको गणना अनुसार तामाङले १७५२ मत पाएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का भूमिप्रसाद त्रिपाठीले १०९२, पूर्वमुख्यमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्रप्रसाद पाण्डेले ७३३, र कांग्रेसका कृष्ण रिजालले ५३० मत प्राप्त गरेका छन्।

    धादिङ–२ मा बिहान ११ बजे सर्वदलीय बैठक पछि मतगणना सुरू हुने जानकारी निर्वाचन अधिकृत एकराज अधिकारीले दिएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images