काठमाडौं- २२ वर्षको उमेरमा काठमाडौं महानगरपालिकाको मेयर पदमा चुनाव लडेर चर्चामा आएकी रञ्जु दर्शना अहिले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले १५ हजार ४५५ मत प्राप्त गर्दै विजय हासिल गरिन्।
उनका प्रतिस्पर्धी प्रबल थापा क्षेत्री ६ हजार ३६४ मतसहित दोस्रो स्थानमा रहे भने रवीन्द्र मिश्र ३ हजार ९७२ मतसहित तेस्रो भए।
१७ वर्षको उमेरमै विवेकशील नेपाली पार्टीबाट राजनीति सुरु गरेकी रञ्जु पछि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेकी थिइन्। सोही पार्टीबाट उम्मेदवार बनेर उनले संसद यात्रा सुरु गरेकी हुन्।
प्रतिक्रिया दिनुहोस्























